
राजन बस्नेत
दोलखा २७ पुस । नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ राजेन्द्र मानन्धर सहित ६ पत्रकार सम्मानित भएका छन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको २ कार्यकाल अध्यक्ष भइसकेका मानन्धरलाई सम्मान पत्र सहित सम्मान गरिएको पत्रकार महासंघ दोलखाकि सचिव बिनिता सिवाकोटीले जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघकोे नवौ अधिवेशन तथा दशौ साधारण सभाको अवसरमा ३ महिला र ३ पुरुष पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा देवदास स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित रेडियो भिमेश्वरका स्टेशन म्यानेजर रविन्द्र गौतम, विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका दोलखा संवादाता केदार शिवाकोटीलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
तेसैगरी इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारबाट जिरी एफ एमकि सिर्जना गोले नगद रु १० हजार सहित सम्मान पत्रद्धारा सम्मानित भएकि हुन् भने गणतान्त्रिक पुरस्कारबाट रेडियो भिमेश्वरका नवराज शिवाकोटीलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।त्यसैगरि सुजल स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो शैलुङकी समाचार प्रमुख विमला बुढाथोकीलाई नगद ३ हजार सहित संमान गरिएको सचीव सिवाकोटीले जानकारी दिइन ।
कार्यक्रममा हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट रातोपाटी अनलाइनकी संवाददाता मीना कुमारी यादवलाई नगद २५ हजार र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरि महासंघको संस्थागत विकासमा अतुलनीय सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीलाई सम्मान गरिएको छ । भने महासंघ दोलखा शाखाका पुर्ब कोषाध्यक्ष रामचन्द्र गीरीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
महासंघको फागुन ३ गते जिल्ला प्रदेश र केन्द्रमा एकसाथ अधिवेशन हुँदैछ । उक्त अधिवेशनले पत्रकार महासंघ दोलखाको नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको महासंघ दोलखा शाखाले जनाएको छ।
कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप कुमार थापा मगरको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव राम प्रसाद सापकोटा , जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे , भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के सी ,प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद सिवाकोटी ,प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेल , नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्ब अध्यक्ष एबम पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के ,पत्रकार महासंघ रामेछाप शाखाका पुर्ब अध्यक्ष बद्री नयाँघरे , प्रेस युनियन बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा ,प्रेस युनियन दोलखा अध्यक्ष दीप सङ्कर चौलागाईं लगायतले सुभकामना मन्तव्य बेक्त गरेका थिए । कार्यक्रम पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सभ्य र भब्य रूपमा सम्पन्न भएको थियो ।