
राजन बस्नेत
दोलखा २७, पुस । बिश्व साइकल यात्री कप भीमेश्वर ७ स्थरीय ऐतिहासिक बुद्धिचाल प्रतियोगिता काठमाडौको मित्रपार्क त्रीबेणी स्थित सम्पन्न भएको छ ।
नेपाल इन्ट्रान्स एकेडेमी (NEA)को आयोजनामा आयोजित बुद्धिचाल खेलमा भीनपा ७ का राजेश भुजेलले १६ जना सहभागीलाइ पछि पार्दै प्रथम स्थान सुरक्षित राख्न सफल भए भने उपविजेता पर्वत सुबेदीले आफ्नो पोल्टामा पार्न सफल भएका थिए भने आमन्त्रित खेलाडी प्रवेश मगरले तृतीय स्थान मा चित्त बुझाउनु पर्यो ।
बिश्व साइकल यात्री कप भीमेश्वर ७ स्थरीय ऐतिहासिक बुद्धिचाल प्रतियोगितामा बिजेता ,उपबिजेता लगायतलाई नगदसहित प्रमाण पत्र खादा लगाइ संमान गरिएको कार्यक्रम को ब्यबस्थापक राजु खड्काले जानकारी दिए ।
तेसैगरी कार्यक्रमको उद्घाटन गर्दै भीमेश्वर नगरपालिका वडा न:७ मकैबरी निवासी विश्व साइकल यात्री पुष्कर शाहले देशको गरिमा बढाउन र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै सरकारले पनि खेल क्षेत्रमा प्राथमिकता साथ बजेट बिनियोजन गरी विभिन्न क्षेत्रका खेलाडीहरु उत्पादन गर्दै क्षमता र दक्षता अनुसारको कार्य प्रदान गर्नुपर्ने धारणा बेक्त गरे । उनले नेपाली खेलाडीहरुको राज्यले उचित संमान गर्नुपर्ने भन्दै नेपाली खेलाडीहरु बिश्वमा जुनसुकै कुनामा गएर खेल खेल्न अब्बल रहेको बताउदै मानिसलाई स्वास्थ र तन्दुरुस्त राख्नको लागि समेत खेल अपरिहार्य भएको जिकिर गरे ।
बिश्व साइकल यात्री कप भीमेश्वर ७ स्थरीय ऐतिहासिक बुद्धिचाल प्रतियोगितालाई प्रत्येक बर्ष आयोजना गरि खेललाई निरंतरता दिदै जाने शिक्षा प्रेमी एबम समाजसेवी श्रीकृष्ण दाहालले जानकारी दिए । दाहालले नव खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने र गाउँ बस्ती स्तरमा छरीएर रहेका खेलाडीहरुलाइ एकीकृत गर्दै उनीहरुको प्रतिभालाई जीवित र चलायमान बनाउदै बस्ती ,टोल गाउँ देखि नगर ,जिल्ला ,क्षेत्र
प्रदेश र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय जगतमा नेपाली खेलाडीहरुको तागत ,साहस र हिम्मत र अर्थपूर्ण सहभागीता गराउने अभियानमा तिब्र गतिमा अगाडि बढ्ने प्रण गर्दै आवश्यक सल्लाह ,सुझाव ,साथ र सहयोग गर्ने प्रतिबद्धता बेक्त गरे ।
बिश्व साइकल यात्री कप भीमेश्वर ७ स्थरीय ऐतिहासिक बुद्धिचाल प्रतियोगिताका बिजेता राजेश भुजेलको अध्यक्षतामा उपबिजेता पर्बत सुवेदी, सचीव प्रदीप दाहाल रहने गरि ११ सदस्य नयाँ कार्यसमिति समेत चयन गरिएको संरक्षक अवतार सिङ लामाले जानकारी दिए । तेसैगरी आजको कार्यसमितिले आदिम नेसनल कलेज चुच्चे पार्टी काठमाडौंका सायक क्याम्पस प्रमुख श्रीकृष्ण दाहाललाई बरिस्ठ सल्लाहकार , समाजसेवी तथा खेल प्रेमी राजुु खड्कालाई ब्यबस्थाप प्रमुख र बुद्दिचाल संघको संरक्षकमा उदयमाम जुझारु युवा अबतार सिंह लामालाई सर्बसमत चयन गरिएको आयोजक टिमले जानकारी दिएको छ ।
तेसैगरी एक साता अगाडि भीमेश्वर नगरपालिका ७ प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिस प्रतियोगिताको उपाधि आशिष दाहालले हात पारेका थिए । प्रतियोगितामा सुमित भुजेल दोस्रो र दीपेन्द्र भुजेल तेस्रो बनेको समाजलाई सकारात्मक परिवर्त तर्फ अगाडि बढाउन लागी परेका युवा आदर्श दाहालले बताए ।
सान्त्वना पुरुस्कार भने राजकुमार सुवेदीले पाएका थिए ।
पुस १७ र १८ गते भएको प्रतियोगितामा २७ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि राजु खड्काले खेल मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने प्रमुख श्रोत भएको जानकारी दिएका थिए ।
कार्यक्रममा आदिम कलेजका क्याम्पस प्रमुख शंकर शर्मा, सहायक क्याम्पस प्रमुख श्रीकृष्ण दाहाल, भिक्टोरी एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष कृष्ण शाह एवं सुनौलो भविष्य बाल क्लबका अध्यक्ष सुरज शाह, श्री कुटिडाँडा माबि मकैबारीका पूर्वविद्यार्थी समाजका अध्यक्ष उमेश खड्का ,विद्यार्थी नेता मधु बस्नेतलगायत विद्यार्थीहरुको उपस्थिति रहेको आदर्श दाहालले जानकारी दिए ।
प्रतियोगितको समापनसँगै वैशाख १ गते राजु स्मृति टेबलटेनिस प्रतियोगिता आयोजना गर्न नव कार्यसमितिसमेत गठन गरिएको छ ।
समितिको अध्यक्षमा प्रथम विजेता आशिष दाहाल छनोट भएका थिए ।
सुनौलो भविष्य बाल क्लबले आयोजना गरेको प्रतियोगिताको प्रायोजन भिक्टोरी एजुकेसन कन्सल्टेन्सी र सह-प्रायोजन आदिम नेसनल कलेजले गरेका थिए । प्रतियोगिता आदिम कलेजको प्रांगणमा भएको थियो ।