५३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने १८५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८७२ जना होम आइसोलेसनमा रहेका छन् । त्यसैगरी २३६ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close