
काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपाल आएका छन्। पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आएका ५२ कामदारले कोरोना खोप लगाएका हुन्।
कोरोना खोप लगाएका उनीहरु पोखरा विमानस्थल निर्माणमा काम गर्नेछन्। २०२१ मा निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढेको पोखरा विमानस्थलमा अधिकांश चिनियाँ कामदार छन्। पोखरा विमानस्थलको निर्माण प्रगती उल्लेखनीय छ।