नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमा ३०७ पुरुष र २०४ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।
बुधबार काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close