दिपक स्वपनिल श्रेष्ठको नेवारी गितको भीडियो सार्बजनिक

राजन बस्नेत
दोलखा २५ असोज । द्वाल्खाये मायाँ भन्ने गीति एल्बम समाहिन सेङ्कु चोङ्न मुसुमुसु भन्ने बोलको गितको भीडियो सार्बजनिक भएको छ ।
गितका रचनाकार एबम सब्द- सङ्गीत डा.भानु श्रेष्ठको रहेको उक्त गितको निर्देशक भने कविता थामीले गरेकी छन् ।
तेसैगरी गितको क्यामेरा -सम्पादन भीमशेन श्रेष्ठ ,सङ्गीत संयोजन देबेन्द्र लामा ,मिक्सिन तथा रेकर्डिङ महेश्वर राज भण्डारीले गरेको सो गितमा कलाकारहरु कविता थामी , गनेश श्रेष्ठ , विष्णु शिवाकोटी , रेलुना
श्रेष्ठ लगायतको जोडदार अभिनय रहेको छ । निर्माता रबिन मल्ल , मनिल प्रधान ,सन्जय श्रेष्ठ र सुरज श्रेष्ठ रहेकाछ ।

गितका गायककार दिपक स्वपनिल श्रेष्ठले नेपाली गित सङ्गितको क्षेत्रमा झन्डै दुइ दशक देखी आफ्नो प्रतिभालाई कला मार्फत प्रस्तुत गर्दै आइरहेका छन् ।
३ वटा एकल एल्बम श्रोता माझ पस्किसकेका गायक श्रेष्ठले नेपाली चलचित्र र अन्य कलेक्सन एल्बमहरुमा आफ्नो स्वर दिई श्रोता माझ लोकप्रियता कमाइसकेका श्रेष्ठ आफ्नो मातृ भाषाको समेत संरक्षण गर्दै दोलखाको कला ,सस्कृती , रितिरिवाज ,चालचलन , भेषभुसा र यहाँको रहनसहनमा समेत विशेष महत्त्व दर्शाउन खप्पिस देखिन्छन् उनी ।


२००४ मा जी. टी. भी बाट प्रसारण हुने भारतको चर्चित रियालीटी सो सा.. रे.. ग.. म.. प ..मा समेत आफ्नो उकृस्ट कला प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाल र नेपाली लाई चिनाउन उनको विशेष भूमिका रह्यो ।
कालिन्चोकको छुर्पी नै राम्रो ,हासिहासी डोली चढ लगायतका चर्चित र कालजयी गितहरु गाइसकेका गायक श्रेष्ठ हाल काठमाडौंमा १० वटा बिधालयहरुमा म्युजिक शिक्षकको रूपमा कार्य गर्दै आइरहेका छन् ।
नेपाली लोक सङ्गितका दुनियाँमा छुट्टै अस्तित्व कायम गरी आफ्नो पहिचान बनाउन सफल सफल युवा श्रेष्ठ नेपाललाई लोक सङ्गीत मार्फत बिश्व चिनाउने र नेपाली जनताको भावना अनुसारको साङ्गेतिक कोसेलीहरु पस्कन सके नेपाल तथा अन्तर्राष्ट्रिय जगतको समेत मन जित्न सकिने बताउँछन् ।
नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को नारालाई साकार बनाउन समेत नेपाली गित सङ्गितले अहम् भुमिका निर्वाह गरिरहेको बताउँदै आफू राष्ट्र र राष्ट्रिय एकताको लागी गित र संगीत मार्फत निरन्तर लागिरहने प्रतिबद्धता समेत बेक्त गर्दछ्न । गायक श्रेष्ठले आगामी दिनमा छिट्टै एक म्युजिक भीडियो समेत सार्बजनिक गर्ने तयारीमा जुटेको जानकारी दिए ।
नेपाल मा अझै पनि कला र गलाको सम्मान हुन नसक्दा मानिसमा रहेको अन्तरनिहित प्रतिभा समेत मरेर जाने खतरा हुन्छ यस कुरामा राज्य र सरोकारवाला निकाएको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close