बेथिति र भ्रष्टाचारका बिरुद्ध भन्दै तरुण दल र नेविसंघ दोलखा उत्रियो आन्दोलनमा (फोटो फिचर)

गाउँपालिका नेतृत्त्वलाई बहिष्कार गर्ने चेतावनी

राजन बस्नेत दोलखा २० भाद्र । खानेपानी देउ भन्दै गाउँपालिका कार्यालय आएका भेड्पुका स्थानीयलाई मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले अनावश्यक लान्छना लगाएर ५ जनालाई मुद्दा लगाउन लागेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले आज चरिकोटमा नारा जुलुस सहित सिट्ठी जुलुस र पुत्ला दहन गरेको छ । उनिहरुले प्रधानमन्त्री केपी ओली र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको पुत्ला दहन गरे । पुत्ला दहन गर्दा गर्दै प्रहरी र कांग्रेस कार्यकर्ता बिच सातदोबाटोमा केहिबेर तानातान समेत भएको थियो । नेपाली काङ्ग्रेस दोलखाका नेता बर्मा लामाले जनताले दिएको मतको कदर नगरे जनताले नै नेतृत्व गर्ने बेक्तीलाई गाउँबाट नै बहिष्कार समेत गर्न जनता तयार भएको र तेस्को नेतृत्व नेपाली काङ्ग्रेस दोलखाले गर्ने चेतावनी दिदै जनतालाई झुक्याएर आँखा मा छारो हाल्ने काम तत्काल बद गर्न र भ्रष्टाचारलाई प्रसय नदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यलयको हिरासतमा भएका मेलुङ्का मानिस लाई तत्काल रिहाइ नगरे गाउँपालिका अध्यक्ष नर श्रेष्ठलाई मेलुङ प्रवेशमा समेत रोक लगाउने ठोकुवा गरे । तेसै गरी प्रहरीले नियन्त्रणमा लिएका ५ जना स्थानीयलाई तत्काल रिहा नगरे मेलुङ सहित सिंगो दोलखामा कांग्रेसले आन्दोलनको आँधिबेहरी सुरु गर्ने कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका केन्द्रिय पुर्ब महामन्त्री कुन्दन काफ्लेले ठाडो चुनौती चुनौती दिदै उनले भने राणा शासन फाल्ने र पन्चायत लाई ढाल्ने काङ्ग्रेस सग पौठेजोरी खेल्ले भात खौरे कम्युनिस्ट सरकार र कम्युनिस्ट सरकारका मातहतमा रहेका जुनसुकै सरकारी तथा गैरसरकारी संघ सस्था रहि कार्य गर्ने अराजक तत्वहरुलाइ दोलखा काङ्ग्रेसले कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता बेक्त गरे ।

बिरोध सभा लाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले भ्रष्टाचार र समाजमा भएको बेथिति विरुद्ध जुनसुकै मुल्य चुकाउन पनि नेबि सङ दोलखा सक्षम र तयार रहेको भन्दै कम्युनिस्ट सरकारको ज्याजती विरुद्ध निरन्तर खबरदारी गर्ने र विद्यार्थी को हक अधिकार का निम्ति निरन्तर लागि रहने जिकिर गरे । तेसै गरी नेपाल तरुण दल दोलखाका अध्यक्ष दावा साङ्गे शेर्पाले दोलखामा जनता को भावना अनुरुप कार्य गर्न जनप्रतिनिधिहरु आनाकानी गरेको र जनता को भावना बिपरित कार्य गर्न स्थानीय तह लागी परेको भन्दै अन्याय र अत्तेचारको विरुद्ध नेपाल तरुण दोलखा नेपाली जनता र दोलखाली जनताको साथमा रहेको बताउदै राम्रो कार्य गर्ने स्थानीय तहलाई पुरस्कर र अराजकता निम्त्याउने कार्य गर्ने स्थानीय निकायका जो कोहिलाई डण्ड दिन दोलखा तरुण दल तदरुपता साथ लागी परेको जानकारी दिदै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल ले गरेको कार्यक्रममा अबरोध गर्ने स्थानीय प्रशासन र सुरक्षा निकायलाई कर्म अनुसार को फल दिने चेतावनीसमेत दिए ।

यही भदौ १८ गते वडाध्यक्ष छत्रबहादुर तामाङ सहितको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गाउँपालिका गएका उपभोक्तासहितलाई गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले ‘तिमी भुसुनाहरुले केही नाप्दैनौ, म ज्ञापनपत्र बुझ्दिन, सकेको गर !’ भन्दै विवादलाई बढाएपछि उपभोक्ताले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष तामाङले बताए। आफ्नो गाउँको लागि केन्द्रबाट विनियोजित रकम वडाध्यक्ष तामाङलाई समेत थाहै नदिई अध्यक्ष श्रेष्ठ निकटकाहरु रहेको स्थानबाट सर्भे शुरु गर्न लगाएपछि विवाद उत्कर्षमा पुगेको केही जनप्रतिनिधि नै स्वीकार गर्छन।

बिरोध र्याली कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका नेता बर्मा लामा , दोलखा काङ्ग्रेसका पुर्ब सभापति उद्दब काफ्ले , नेपाली काङ्ग्रेस दोलखा का नेता ईश्वर नारायण मानन्धर, नेता केशवराज चौलागाईं , नेपाल विद्यार्थी संघका केन्द्रिय पुर्ब महामन्त्री कुन्दन राज काफ्ले , काङ्ग्रेस उपसभापति छवि लामा , ने का नेता बाबुकाजी बस्नेत , सन्तोष रिमाल , बालकृष्ण आचार्य (सुर्य ) , प्रबक्ता रन्जित कुमार पाठक (सन्तोष ), सह सचिव हरिशरण सिवाकोटी ,नेपाली काङ्ग्रेस प्रदेश सभा ख का अध्यक्ष जयराम श्रेष्ठ नेपाल तरुण दलका अध्यक्ष दावा साङ्गे शेर्पा ,नेपाल विद्यार्थी संघ का अध्यक्ष भीम खड्का , नेपाल विद्यार्थी संघ दोलखाका पुर्ब अध्यक्ष राकेश श्रेष्ठ , नेका जिल्ला कार्य समिति सदस्य कुमार भुजेल , राजु लामा ,उद्दब बस्नेत , ने का भीमेश्वर नगरपालिका का सभापति राजेश श्रेष्ठ ,सचीव सङ्कर कार्की , ने का मेलुङ गाउँ पालिकाका अध्यक्ष छत्र बहादुर तामाङ ,मेलुङ गाउँ पालीका ने का उपाध्यक्ष  राजुु कुसुम लामा प्रेस युनियन दोलखा अध्यक्ष दीपसङ्कर चौलागाईं नेपाली नेत्री तारा थपलिया , काङ्ग्रेस दोलखा नेता बिदुर कार्की ,चित्र तामाङ , चित्र दाहाल , चन्द्र गनेश काफ्ले ,बिकास खड्का , तुल्साङ लामा ,जीवन लामा, सुन्दर कार्की लगायत सयौं को सङ्ख्यामा नेता तथा कार्यकर्ता को उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close