जनताको मनोभावना बमोजिम कार्य गर्दै दोलखा काङ्ग्रेस , भर्चुअल मिटिङबाटै विपद व्यवस्थापन सहयोग समिति गठन

 राजन बस्नेत दोलखा १३ भाद्र । नेपाली कांग्रेस दोलखाले zoom को माध्यमबाट भर्च्युवल बैठक गरि विश्वमाहमारिको रुपमा फैलिएको कोभिड -१९, वर्षेनी हुने वाडिपहिरो,दैविघटना एवं दिर्घ रोघीहरुलाई राहत तथा सहजिकरण गर्ने उध्येश्य राखि विपद व्यवस्थापन सहयोग समिति गठन गरि पिडित परिवारलाई तत्काल राहत सेवा पुर्याउन समिति गठन गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस दोलखा का पार्टी सभापति रुद्र बहादुर खड्का ले जानकारी दिए । स्थानिय तहमा पालिका सभापतिको सम्योजक्त्वमा सोही पालिकाको पदाधिकारी सदस्य हुने गरि भातृ तथा शुभेच्छुक संघका अध्यक्ष सदस्य र सोहि पालिका का वडा सभापतिहरु पदेन सदस्य रहने गरि स्थानिय तह विपद व्यवस्थापन सहयोग समिति गठन गरि सोको जानकारि नेपाली कांग्रेस जिल्ला समितिलाई गर्नु गराउन सवै गाउँ/ नगरपािकालाई निर्देशन दिने निर्णय गरिएको सभापति खड्का ले बताए । जिल्ला तहमा तपसिल वमोजिम सदस्य रहने गरि विपद व्यवस्थापन सहयोग समिति गठन गरिएकोछ।
– सम्योजक :- सभापति नेपाली कांग्रेस दोलखा
– सदस्य :- प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय सदस्यहरु
– सदस्य :- निवर्तमान सभापति सदस्य
– सदस्य :- पुर्व सभापति तथा पुर्व पदाधिकारीहरु
– सदस्य :- महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु
– सदस्य:-दोलखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय विभागका सदस्यहरु
– सदस्य :- जिल्ला कार्यसमितिका पदधिकारी तथा सदस्यहरु
– सदस्य :- प्रदेश १ (क) तथा प्रदेश १ (ख) का सभापति
– सदस्य :- नगर तथा गाउँपालिका का सभापतिहरु
– सदस्य :- भातृ तथा शुभेच्छुक संघ सस्थाको अध्यक्षहरु
– सदस्य :- नेपाल प्रेश युनियनका सदस्यहरु
– सदस्य :- विशिष्ट योगदान गर्ने ब्यक्तित्वहरु
-सदस्य सचिव :- पहिलो बैठकले तोकेको ब्यक्ति हुनेछ।
– सम्योजक :- प्रभुराम श्रेष्ठ
– सहसम्योजक:- यज्ञराज घिमिरे(गोपाल)
– सचिव :- कुमार अधिकारी(आर बी)
– कोषाध्यक्ष :- शम्वु शेर्पा ( पासाङ)
– विशिष्ट आमन्त्रित सदस्य:- माननीय जिप छिरिङ लामा
– सदस्य :- तारा कुमार खड्का
– सदस्य :- राजन श्रेष्ठ
– सदस्य :- निमा शेर्पा ( ठुलो )
– सदस्य :- पुर्ण बहादुर तामाङ
पुनश्च:- समावेशितालाई ध्यानमा राखि उपसमितिको सम्योजकले सदस्य थप्न सक्ने छ। उक्त विपद व्यवस्थापन आर्थिक उपसमितिले कोष संचालन कार्यविधि निर्माण गरि वडिमा ३ जनाको नाममा कुनै पनि वैक तथा वित्तिय सस्थामा खात खोली कोष संचालनमा ल्याउनेछ। सहयोगिहरुबाट कुनै पनि सहयोग लिना उपसमिति स्वतन्त्र हुनेछ।यो उपसमितिको कार्यक्षत्र दोलखा र दोलखालीको लागि हुनेछ।कार्यविधिले तोकेको वाहेक अन्य शिर्सकमा खर्च गरिने छैन।कोषले गरेका खर्च एवं सवै कार्यक्रमको विवरण जिल्ला विपद व्यवस्थापन सहयोग समितिलाई जानाकारी गराउनु पर्नेछ। यस आर्थिक कोषलाई भविश्यमा पनि निरन्तर संचालनमा ल्याउन सहमति गर्दै थप कार्यायोजना निर्माण गरि कार्यन्वयन गर्ने अधिकार रहनेछ।यस उपसमितिको कार्यलय काठ्मान्डु उपत्यकामा रहनेछ। यस विपद व्यवस्थापन आर्थिक उपसमितिलाई हरतरहले सघाँउन र सहजिकरण गर्न नेपाली काग्रेस दोलखा प्रतिवद्ध रहेको सभापति खड्काको भनाइ छ । भर्चयुवल बैठकमा सहभागि भै नेपाली कांग्रेस दोलखाको प्रस्तावलाई स्विकार गरि सम्योजक श्री प्रभुराम श्रेष्ठले रु पाँच लाख आर्थिक उपसमितिको कोषमा जम्मा गरि कोषलाई अगाडी वडाउने घोषण गरेका छन् , भने विगु गापा -६ आलम्पुमा निर्माणधिन भीमबहादुर तामाङ स्मृति भवनलाई रु एक लाख थप्ने संयोजक श्रेष्ठ ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close