प्रकृतिको अनुपम उपहार हात्ती छहरा : आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै

राजन बस्नेत दोलखा, १२ भाद्र । पौराणिक विश्वास अनुसारको ईन्द्रलोक। जहाँ पुण्य गर्ने मानिसहरूको मृत्यु पछि वास हुन्छ भन्ने विश्वास गरिन्छ। विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ भनेर भनिन्छ ,र सवै देवता र अप्सराहरू त्यहाँ आनन्दले रहन्छन् भनिन्छ। हो तेस्तै ठाँउ पृथ्वी लोक अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका वडा न:७ मकैबारी ,साखिने र बोच ८ को सिमानामा रहेको हात्ती छहरा झरनाले सबैको मन लोभ्याउने मात्र होइन आनन्दित र प्रफुल्ल पार्छ ।

भीमेश्वर नगरपालिका ७ मकैबारी, साखिने ,सस्पाले ,मगर टोल ,ढाड चौर , सेलिङ , थलथले सिम ,बाघखोर , गैरी ,बिरौटा महभीर साधको डाडो हुँदै दोलखाको सदरमुकाम चरिकोट बाट लगभग ३ घण्टा को पैदल यात्रा गरे पछि प्रकृति दिएको अनुपम उपहार हात्ती छहरा पुग्न सकिन्छ । यदि सवारी को साधनमा जाने हो भने सदरमुकाम चरिकोट बाट ४५ मिनेट यात्रा गरे पछि १:३० मिनेट मा प्रसिद्ध प्राकृति मनोरम दृश्य अबलोकन गर्न का निम्ति हात्ती छहरा पुग्न सकिन्छ । चर्नावती सामुदायिक बन उपभोक्ता समुह परिसर को बाटो हुँदै चराचुरुङ्गी को चिरबिर आवाज ,खोला ,प्राकृति मनोरम दृश्य ,मृग ,कालीज ,डाफे मुनाल ,घोरल , लगायत अन्य जंगली जनावर को दृश्य अबलोकन गर्दै हात्ती छहरा जाने जो कोहि पर्यटकहरु पनि मन्त्रमुग्ध नहुने कुरै छैन ।

हाल अबलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु को को घुइँचो नै लाग्ने गरेको पाइन्छ भने लक डाउन र कोरोना भाइरस को कारण बाह्य पर्यटक मा कमि आएको देखिन्छ । लगभग १०० उचाइ बाट झर्ने झरना हात्ती छहरा सदरमुकाम चरिकोट को सबैभन्दा नजिक को पर्यटन गन्तव्य को रूपमा लिन सकिन्छ भने हाल अधिकाङ्श मानिसहरू को रोजाइ बन्न पुगेको छ हात्ती छहरा झरना । प्राकृतिक सुन्दरताले सिगारिएको हाम्रो देश नेपाल कला, संस्कृति, परम्परा, भेषभुषा आदिको सङ्ग्राहालय हो । यही प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा आज विश्वसामु नेपालले एउटा पहिचान बनाउन सकेको छ । संसारको उच्च शिखर सगरमाथाको देश नेपाल हजारौँ खोला नालाहरूको देश नेपाल विश्व शान्तिका प्रतीक गौतम बुद्धको देश नेपाल थुप्रै मठमन्दिरहरूको देश नेपाल र अनेकतामा एकता झल्काउने देश नेपाल । जसरी विभिन्न प्रकार, रंगका फूलहरूलाई गाँसेर एउटा रङ्गीचुङ्गी माला उनेको हुन्छ त्यसरी नै नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातीका मानिसहरु पनि मिलेर सुन्दर नेपालरूपी माला बनेको छ । प्राकृतिक सुन्दरतामा नेपाल विश्वका धनी देशको कोटिमा पर्छ । पर्यटन प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग जोडिएको हुन्छ। जुन कारणले पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमा आधारित हुन्छन्। यसैले गर्दा कुनै पनि देशको पर्यटन विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवं प्राकृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुन्छ। प्राकृति सम्पदाको संरक्षण गर्ने र भौतिक निर्माण गरेर पर्यटकहरूलाई आकर्षण गराउने काम नै पर्यटनको क्षेत्रमा महत्वपूर्ण मानिन्छ।

मनोरम प्रकृतिले भरिपूर्ण सुन्दर दृश्यवालोकन तथा सांस्कृतिक परम्परागत जीवनशैली र सामाजिक चालचलन पर्यटकको मन जित्ने विषय हुन्। सामाजिक जीवनशैली र सांस्कृतिक गतिविधितर्फ विस्तारै पर्यटकको रुचि बढदै गएको देखिन्छ। देवताको वासस्थान रहेको मन्दिर स्थानीय मौलिक संस्कृति, चार्डपर्व, मेला तथा जात्राले समेत पर्यटकको रुचि र आकर्षण बढाएको छ। नेपाल आफै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको ससक्त माध्यम भनेको नै ग्रामिण पर्यटन हो भन्नेमा दुईमत छैन । दोलखामा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । दोलखामा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाईन्छ । यस जिल्लामा प्राचिन सँस्कृती, कला र कौशलका अनुपम नमुनाहरु यत्रतत्र देख्न पाईन्छन । दोलखाको आर्थिक अवस्थामा सुधार ल्याउनको लागी कम लगानी र सुनिश्ति तवरले उपलब्धीलाई संस्थागत गर्न सक्ने क्षेत्र भनेको नै ग्रामिण पर्यटन नै हो किनकी यसको सहज र चौतर्फी विकास गर्न आवश्यक पर्ने जनशक्ति नेपाल आफैले पूर्ति गर्न सक्दछ ।

दोलखाका थुप्रै ग्रामिण बस्तीहरु ग्रामिण पर्यटक विकासको लागि उपयुक्त भएता पनि त्यहा सस्म पुग्ने सहज पहुँचको अभावले गर्दा पछाडि परेका छन् । जसको प्रत्यक्ष घाटा देशको अर्थतन्त्रमा परेको छ जसलाई समयमै देशका नीतिनिर्माता, योजनाकार, पर्यटक व्यवसायी तथा सचेत नागरिकले मध्यनजर गरि देशको आर्थिक क्रान्तिको शसक्त र प्रभावकारी स्रोतका रुपमा ग्रामिण पर्यटकलाई नै छनोट गर्न चुक्नुहुन्न ।बेलैमा सम्बन्धित सरोकारवाला निकाय को ध्यान जाओस् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close