दोलखामा यसरी मनाइयो बीपी कोइरालाको ३८औं स्मृति दिवस (फोटो फिचरसहित)

डम्बर चौलागाईँ दोलखा, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ३८ औं स्मृति दिवस आज दोलखामा नेपाल किसान संघले फलफूल को बिरुवा र तरुण दल दोलखा ले सरसफाइ गरि मनाइएको छ । किसान संघ दोलखा को आयोजनामा दोलखा को सदरमुकाम चरिकोट स्थित रहेको पसुपती कन्या मा बि र कोटिहोम परिसरमा फलफूलका बिरुवा रोपिएको थियो ।

      

यसैबीच चरिकोट पसुपती मन्दिर वरपर नेपाल तरुण दल दोलखाले सरसफाइ गरेको छ भने नेपाली काङ्ग्रेस दोलखाको पार्टी कार्यलयमा बिपि को तस्वीर मा माल्यारोपण गरेर बिपिलाई सम्झेको नेपाली काङ्ग्रेस दोलखाले जनाएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखा का सभापति रुद्र बहादुर खड्का , पुर्ब पार्टी सभापति उद्दब काफ्ले ,नेपाली काङ्ग्रेस दोलखा नेता बर्मा लामा ,ईश्वर नारायण मानन्धर , पार्टी सचीव बालकृष्ण आचार्य (सुर्य) बाबुकाजी बस्नेत ,गिता सिवाकोटी ,हरिसरण सिवाकोटी , भबेन्द्र कार्की , राजु लामा, सुदर्शन कार्की , नेपाल तरुण दल दोलखा का अध्यक्ष दवा साङ्गे शेर्पा ,नेपाल विद्यार्थी संघ दोलखा का अध्यक्ष भीम खड्का , नेपाल किसान संघ का अध्यक्ष सुरेन्द्र प्रधान ,सचीव मेनका चौलागाईं , जगत ब .श्रेष्ठ ,हरि बहादुर खड्का , पदम पाठक , प्रलाद कार्की ,बिदुर कार्की बिमल श्रेष्ठ तुल्साङ लामा , लोकेश दाहाल लगायत नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागी रहेको थियो ।     

वि.सं. १९७१ भदौ २४ गते भारतको वनारसमा जन्मिएका बीपीको २०३९ साल साउन ६ गते अर्थात् आजकै दिन निधन भएको थियो । उनलाई घाँटीको क्यान्सर थियो । २०१५ सालमा भएको आमनिर्वाचनमा बहुमत ल्याएपछि उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे । वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा बीपी सधैं अडिग रहे । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत संलग्न भएका थिए । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष उठबस थियो ।

 

सोसलिष्ट ईन्टरनेशनलका उपाध्यक्षसमेत रहेका उनी सधै ग्रामीण अर्थतन्त्रका हिमायती र प्रजातान्त्रिक समाजवादका अभियन्ता थिए । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए । २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा बीपीले अंगिकार गरेको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा बीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।

आफ्नो आस्था, आदर्श र सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् ।

कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, हिटलर र यहूदी, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । विश्व जगतमा नेपाली साहित्यलाई चिनाउन र नेपालको प्रजातान्त्रिक आन्दोलन अनि राजनितीमा बीपी कोइरालाको महत्वपूर्ण योगदान रहेको थियाे ।

                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close