
अस्पतालको शैयामा
डाक्टर सा’ब!
सोध्नु हुन्छ– के दुख्छ?
के मात्र भनूँ?
बूढा बाउका रोगी गोडाहरु दुख्छन्
ममतामयी आमाहरुको काख दुख्छन्
भूगोलको दूरदेखि सुदूरसम्म दुख्छन्
शान्तिका नाराहरु दुख्छन्
सौम्य कविका कविताहरु दुख्छन्
डाक्टर सा’ब्!
कसरी भनूँ यो मात्र दुख्छ।
शरीरभित्र त दुख्यो दुख्यो
ओछ्याइएको काला सडकहरु पनि दुख्छन्
सपना देख्ने आँखा त दुख्यो दुख्यो
ल्याप्चे लाउँदा–लाउँदा औंलाहरु दुख्छन्
उपेक्षा त दुख्यो दुख्यो
अब त आफन्तहरुको माया पनि दुख्छन्
डाक्टर सा’ब!
कसरी भनूँ यो मात्र दुख्छ।
शहरदेखि गाउँसम्म
रित्तोहात फर्कनेहरुसँग दुख्छ
आफ्नै देशको झ48डा दुख्छ
रगतले पोतिएको इतिहास दुख्छ
कसरी भनूँ यो मात्र दुख्छ।
यहाँ,
खहरेमा ढुङ्गालाई दुखेन
मार्चपासका खुकुरीलाई दुखेन
अध्याँरो रातका आँखाहरुलाई दुखेन
जल्दै गरेका चित्ताहरुलाई दुखेन
डाक्टर सा’ब!
कसरी भनूँ यो