नेपालमा कोरोनाबाट २२ को मृत्यु

थप दुई जनाको कोरोनाको कारण मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । थप दुई जनाको कोरोनाको कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको हो ।
मृत्यु हुनेमा सुदूरपश्चसमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका –२ की ४३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।

गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको थियो भने लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।
उनको असार २ गते नै मृत्यु भएको जनाइएको छ ।
यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं.२२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका–११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।
त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट–४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला गरी २० जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close