कांग्रेस दोलखाले पायो पूर्णता, रिक्त पदमा पदाधिकारी मनोनित

[mashshare]

नवनेपाल टाईम्स, दोलखा २३ भाद्र । जिल्ला अधिवेशन सम्पन्न भएको चार वर्षपछि नेपाली कांग्रेस दोलखाले पूर्णता पाएको छ । सोमबार बसेको कांग्रेस जिल्ला कार्य समितिको पुर्ण बैठकले बाँकी पदाधिकारीको टुङ्गो लाएको हो । निर्वाचित पदाधिकारीको अवधि यहि फागुनमा सकिनै लाग्दा सभापति रुद्रबहादुर खड्काले यस अघि कार्य सम्पादन समितिको बैठकमा ३ जना नेताको नाम प्रस्ताव गरेका थिए । सोही प्रस्तावलाई आज बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले अनुमोदन गरेसँगै कार्य समितिले पूर्णता पाएको हो ।
सभापति खड्काको सिफारिस अनुसार उपसभापति पदमा निर्बा्चित जिल्ला सदस्य छबिलाल तामाङ् र सचिब पदमा अर्का निर्बा्चित जिल्ला सदस्य सुर्य बहादुर आचार्य(बालकृष्ण) मनोनित भएका छन् । मनोनित भएका उपसभापति तामाङ दोलखा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र सचिब आचार्य क्षेत्र नम्बर २ बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरु हुन् ।

बैठकले अर्का युवा नेता रन्जित कुमार पाठक (सन्तोष) लाई दोलखा कांग्रेसको प्रवक्ता पदमा मनोनित गरेको छ । बैठकले अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने कालिञ्चोक गाउँपालिका १ का मकरध्वज पाख्रीन र शैलुङ गाउँपालिकाका नेत्र बहादुर लामालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेको छ । पदाधिकारी र मनोनित सदस्यहरु गरि ४५ सदस्सीय जिल्ला कार्यसमिति बनेको सचिब सन्तोष रिमालले जानकारी दिए । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को सचिवमा भुवन के.सी. र निर्वाचन क्षेत्र नं २ को सचिवमा राजन बस्नेतलाई मनोनित गरिएको छ । बर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिने भएपनि जिल्ला अधिबेसन सम्पन्न हुन झण्डै डेड बर्ष लाग्ने जिल्ला नेताहरुले जनाएका छन् ।
जिल्ला अधिबेसन सकिएको छोटो समय भित्रै पदाधिकारी मनोनित गर्नुपर्ने भएपनि कार्यकाल सकिन थोरै समय मात्र बाँकी रँहदा कांग्रेसले बल्ल पदाधिकारी मनोनितको काम टुंगो लगाएको छ । जिल्ला सभापति रुद्र बहादुर खड्काले प्राविधिक कारणले पदाधिकारी मनोनित गर्नमा ढिलाई भएको भएपनि यसले कुनै असर नगर्ने प्रतिक्रिया दिएका छन् । उनले दोलखा कांग्रेसको अबको बाँकी समय पुरै संगठन निर्माण र नागरिकको हितमा खर्चिने बतएका छन् ।

मंगलबारबाट दोस्रो चरणको जागरण अभियान
दोलखा कांग्रेसले केन्द्रिय समितिको निर्देशन अनुसार आजबाट दोस्र्रो चरणको गाउँ जागरण अभियान सुरु गर्ने भएको छ । सभापति खड्काले दोस्र्रो गाउँ जागरणका लागि सबै तयारी पुरा भएको बताएका छन् । जागरण अभियान सम्पन्न गर्न कांग्रेस केन्द्रिय समितिले प्रदेश निर्बाचन क्षेत्र नम्बर १ का लागि काभ्रपलान्चोकका नेता गणेश लामा र क्षेत्र नम्बर २ का लागि रामेछापका नेता रामचन्द्र खड्कालाई जिम्मेवारी दिएको छ । सभापति रुद्र खड्काले उनिहरु दुबैजना दोलखा आइसकेको र मंगलबारबाट अभियानको सुरु हुने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close