मुलुकभरका उत्कृष्ट १०१ शिक्षकमध्ये दोलखाबाट गोपालध्वज श्रेष्ठ पुरस्कृत

नवनेपाल टाईम्स, दोलखा भाद्र २३ । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ ।
शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने र प्रशंसापत्र पाउने १ सय १ जना शिक्षक , प्राध्यापक हरु मध्ये देशका ७७ वटै जिल्लाबाट सामुदायिक विद्यालयमा पढाउने एक एक जना शिक्षकलाई सरकारले शिक्षा दिवस पदक तथा प्रमाणपत्र दिने भएको छ । यस्तै विश्वविद्यालय तर्फ ११ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने भएका छन् भने प्राविधिक शिक्षालय तर्फ ७ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने छन् । संस्थागत विद्यालय तथा नेपाल स्काउट तर्फ ६ जनाले प्रशंसापत्र प्राप्त गरेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।
सरकारले दोलखा जिल्लाबाट जिल्लाको सामुदायिक विद्यालयतर्फबाट हनुमन्तेश्वर मावि, काब्रेका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । हनुमन्तेश्वर मावि जिल्लाकै अब्बल विद्यालयको रुपमा स्थापित विद्यालय हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेको हो ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पदक, प्रमाणपत्र तथा प्रशंसापत्र प्राप्त गर्नेहरुको नामावली यस प्रकार छ :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close