राप्रपा दोलखाको जिल्ला प्रशिक्षक प्रशिक्षण सम्पन्न

नवनेपाल टाईम्स,  दोलखा २४ भाद्र ।  राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम दोलखाको चरिकोटमा सम्पन्न भएको छ ।

राप्रपा सहमहामन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिईएको थियो । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले कार्यक्रमको औचित्यको वारेमा प्रकाश पार्दै प्रशिक्षणवाट राप्रपाका कार्यकर्तामा उच्च मनोवल हुनको साथै राप्रपाले अँगालेको नीति सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र, राजसंस्था सहितको समृद्ध नेपाल,संघियताको सट्टामा सुदृढ स्थानीय स्वायत्त शासनको पक्षमा स्थानीय तहका कार्यकर्ता अझ खारिने मौका पाउने वताए ।

कार्यक्रममा सहमहामन्त्री एवं प्रशिक्षक भक्ति सिटौला जनजाति विभाग प्रमुख एवं केन्द्रीय सदस्य लालध्वज लामा प्रदेश सदस्य राजन शिवाकोटीले नेतृत्व विकाश,पार्टीको सैद्धान्तिक पक्ष,संगठन वर्ष २०७६ को विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।

राप्रपा दोलखा जिल्ला कार्यसमितिका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्लाका पचास अगुवा कार्यकर्ता सहभागी थिए । प्रशिक्षित कार्यकर्ताले गाउँ तहमा प्रशिक्षण दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close