काङ्ग्रेस दोलखाको रिक्त उपसभापतिमा लामा र सचिवमा आचार्यको नाम प्रस्ताव

दोलखा कांग्रेसको प्रवक्तामा रञ्जित कुमार पाठक

दोलखा ८ भाद्र । नेपाली कांग्रेस दोलखाको कार्यसम्पादन समितिको वैठकले आदर्श पुरुष स्व. भिमबहादुर तमाङको शालिक निर्माण सम्पन्न गर्नका लागि आवश्यक तयारीलाई तीब्र पारेको छ ।
नेपाली काङ्ग्रेस दोलखा का पार्टी सभापति रुद्र बहादुर खड्का को सभापतित्वमा सम्पन्न बैठक ले सालिक निर्माण गर्न का निम्ति सहयोग गर्न इच्छुक सहयोगी हातहरुलाइ कवोल गरे अनुसार को बाँकि रकम उपलब्ध गराउन समेत सरोकारवाला सबैमा आग्रह गरेको नेपाली काङ्ग्रेस दोलखा ले जानकारी दिएको छ

साथै ने .का दोलखा को लामो समय सम्म रिक्त उपसभापति र सचीव पदमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य छबिलाल लामा र सचीव मा ने .का दोलखा का जिल्ला कार्य समिति सदस्य सदस्य सुर्य बहादुर आचर्य (बाल कृष्ण ) लाई प्रस्ताव गरी जिल्ला कार्यसमिति को बैठक मा पेश गर्ने सभापति खड्का ले जानकारी दिए ।


यदि सभापति खड्का को प्रस्ताव जिल्ला कार्यसमिति दोलखा को बैठक ले अनुबोधन गरे लामा उपसभापति र आचर्य सचीव मा रहने निश्चित हुनेछ भने , दोलखा को दुबै क्षेत्रलाई समेत समेटिने देखिन्छ ।
बैठक मा सालिन नेता भीम बहादुर तामाङको सालिक निर्माण को कार्य अन्तिम चरण मा पुगेको जानकारी दिइएको थियो ।
साथै पार्टीको रिक्त प्रबक्तामा कालिन्चोक -८ निवासी युवा नेता रन्जित कुमार पाठक (सन्तोष) लाई चयन गरि ज़िम्मेवारी दिइएको सभापति रुद्र बहादुर खड्का ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close