घाइते बस्नेतको मृत्यु, शंकास्पद ४ जना प्रहरीको अनुसन्धानमा

नवनेपाल टाईम्स, दोलखा १ भदौ । दोलखा सदरमुकाम चरिकोट स्थित चरिघ्याङको गडिडाँडा नजिकै गम्भिर घाइते अवस्थामा भेटिएका एक युवाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका ४ जिलूका अन्दाजी २२ वर्षका पवन बस्नेत शक्त घाइते अवस्थामा भेटिएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
शनिबार विहान करिब ११ बजेको समयमा गडिडाँडा नजिकै सिकिस्त घाइते अवस्थामा प्रहरीले उद्धार गरी चरिकोट अस्पताल पु¥याइएका बस्नेतको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सदरमुकामस्थित पानारोमा रिसोर्टका कर्मचारी चन्द्रकला तामाङ फुलमा पानी हाल्न जाने क्रममा पवनलाई चर्पी नजिकै छटपटाइरहेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन ।
खबर पाए लगतै प्रहरी सहायक निरीक्षक महेश आचार्य सहित दुई जनाको टोली घट्ना स्थलमा पुगी घाइते बस्नेतलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।
प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार बस्नेतको दायाँ हातको नाडीमा धारिलो हतियारले काटिएको जस्तो ठुलो चोट लागेको छ । उक्त स्थानबाट पवनलाई नग्न अवस्थामा फेला पारिएको आचार्यले जानकारी दिए ।
उनलाई भेटिएको स्थान नजिकै विभिन्न दसीहरु फेला परेकाले युवकलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको हुन सक्ने आशंका प्रहरीको छ । प्रहरीले आक्रमण गरेको आसंकामा ४ जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ । बस्नेत फेला परेका ठाउँको आसपास रगतका दाग भेटिएको छ भने, छाता र प्यान्ट समेत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राईले भने घट्ना शंकास्पद रहेको बताए । उनले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close