सम्झौता नसच्याए तामाकोसी तेस्रो जलविद्युत आयोजनामा अबरोध गर्ने चेतावनी

दोलखा कांग्रेसले पनि निकाल्यो कडा विज्ञप्ति

नवनेपाल टाईम्स सम्वाददाता : दोलखा, १२ साउन । तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर विदेशी कम्पनीसँग सम्झौता गरेको भन्दै दोलखामा विरोध सुरु भएको छ । तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समिति दोलखाले आज चरिकोटमा पत्रकार सम्मेलन गरी कुनै हालतमा पनि सम्मmौता सच्यााउनु पर्ने र नसच्याए आयोजनमा अबरोध गरिने चेतावनी दिएको छ । समितिका संयोजक शिवप्रसाद भण्डारीले उक्त सम्मmौता दोलखाको जलश्रोतमाथि खेलवाड भएको भन्दै आयोजनालाई पूर्ण क्षमतामा बनाउनुको साटो २०० मेगावाटमा झार्ने र गुपचुप निर्णय गरेको बताए । उनले सरकारको उक्त कदमप्रति भर्त्सना समेत गरेका छन् ।
सम्झौता नसच्याए काम गर्न नदिने तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समिति दोलखाले चेतावनी दिएको छ । अन्र्तराष्ट्रियस्तरमा जलविद्युत निर्माणमा ख्याती प्राप्त कम्पनी नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा लामो समयको अध्ययनपछि १३२० मेगावाट,८८० मेगावाटहुँदै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजनाको रुपमा अगाडी बढाउन सकिने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको आयोजना भएको भएपनि सरकारले अगाडी बढाउँनुको सट्टा २ वर्ष यता क्षमता घटाउँदै सर्वेक्षणको नाममा टिबीआइ होल्डिङ कम्पनिलाई दिएर ठाँउ ओगट्ने वातावरण बनाई दिएको जस्तो मात्रै देखिन्छ, समितिका संयोजक शिवप्रसाद भण्डारीद्धारा हस्ताक्षिरित प्रेसज्ञिप्तीमा उल्लेख गरिएको छ ।

टिबीआइ होल्डिङले काठमाडौंमै बसेर चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’मा २ सय मेगावाटमा झारेर सम्झौता गरेको खबर पनि आम नेपाली मिडियाले थाहा पाउन नसकेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त समाचार चिनीयाँ सञ्चारमाध्यम सिन्ह्वाबाट नेपाली पत्रकारहरुले जानकारी पाउनु लाजमर्दो विषय भएको समितिले जारी गरेको विज्ञप्तीमा भनेको छ । आयोजना बनाउन विदेशी लगानीकर्ता आउनु राम्रो विषय हो । त्यसको हामी पनि स्वागत गर्दछौं । तर डिपिआर बनाइसकेको आयोजनामा लाइसेन्स मात्र ओगट्न अपारदर्शी रुपमा क्षमता समेत घटाएर भएका सम्झौताको भत्सना गरेको छ ।

डिपिआर भइसकेको आयोजना विभिन्न बहानामा पटक –पटक क्षमता घटाएर गोप्य रुपमा सम्झौता गर्नुको भित्री रहस्य के हो ? यसबारे आम दोलखालीहरु प्रष्ट हुन पार्नुपर्ने र क्षमता घटाएर सम्झौता गर्नुको चित्तबुझ्दो जवाफ दिनका लागि सम्बन्धित मन्त्रालय र प्रबद्र्धक कम्पनीसँग माग गरेको छ । साथै सुरुको डिपिआर अनुसारको क्षमतामै आयोजना निर्माण गर्न माग गर्दै क्षमता घटाएर आयोजना अगाडि बढाउने गरी २०७४ असोज भन्दा पछि भएका निर्णयहरु सच्चाउन सरकारसंग माग गरिएको छ । २०७३ सलमा सरकारले नै ८८० मेगावाटमा बनाउने भनेर तयारी गरेको आयोजना ६५० मेगावाट हुँदै अहिले २०० मेगावाट मात्र बनाउने गरी तामाकोसी ( ३ जलविद्युत आयोजनाको क्षमता तेस्रोपटक घटाइएको थियो ।

यसैविच दोलखा कांग्रेसले पनि शनिबार नै कडा विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णयप्रति विरोध जनाएको छ । कांग्रेस दोलखाका सचिव सन्तोष रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा तामाकोसी ३ को क्षमता घटाउने निर्णय कार्यान्वयन गर्न खोजिए आन्दोलन सुरु गर्ने उल्लेख छ । राजनीतिक दलबाहेक दोलखाका विभिन्न संघ, संस्था तथा स्थानीय बासिन्दाले समेत सामाजिक सञ्जालमार्फत उक्त निर्णयको विरोध जनाइरहेका छन् ।
झन्डै ५ वर्षअघि नर्बे्जियन कम्पनी स्टाटक्राफ्टले ६ सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० समेत तयार गरेर ऊर्जा मन्त्रालयमा बुझाएको थियो । झन्डै १ खर्ब ३० अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजनाकोे विद्युत् व्यापार गर्न असहज भएको भन्दै स्टाटक्राफ्टले लगानीबाट हात झिकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close