माकुराकी आमा (कविता) – अवतार ढकाल

उसैले जन्मदिइ

उनीहरुलाई

खुवाई , पियाइ र हुर्काइ ।

 

बेहिसाब भोकै बसेर आफू

आफैंले बनाएको जालोको घरमा

आफू मरिरहि सधैं

सन्तानहरुकै लागि ।

 

सन्तानको वृद्धि सङ्गै

अभाव बढदै गयो

खान मात्र जान्नें

आफ्ना सन्तानको भोकसँग

उ पराजीत बनी ।

 

सबै जम्मा भएर एकसाथ

घरी लडदै घरी जुटदै

कसले धेरै खाने भन्नें

अघोषित प्रतिष्पर्धामा भाग लिएझैं

आफ्नै आमालाई खाइरहेछन्

उसका प्यारा सन्तानहरु ।

 

के सोच्दी हो कुन्नी

आफ्नै सन्तानले आफैंलाई

मस्तसँग खाइरहँदा

आफू बेहोश हुनु अघि

खिइंदै गरेकी

माकुराकी आमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close