डकर्मी र प्लम्बिङ सम्बन्धी सीप सिक्दै युवाहरू

दोलखा ५ साउन । राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमान्डौको आयेजनामा र ल्याटर डे सेन्ट च्यारिटिस नेपाल ( मिकभ) को आर्थिक सहयोग मा डकर्मी र प्लम्बिङ तालिम समापन भएको छ।
भिमेश्वर नगरपालिकाका ९ वटै वडा बाट प्लम्बिङ तर्फ १० युवा र १० युवती तेसैगरी डकर्मी तर्फ पनि १० युवक र १० युवती गरि जम्मा ४० जनालाई सो तालिम दिन दिइएको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमान्डौ का अध्यक्ष राकेश हमालले जानकारी दिए । लेटर डे च्यारिटिस नेपाल ( मिकभ) को सहयोगमा आयोजना भएको तालिमको समापन भिमेश्वर नगरपालिका की उपप्रमुख कमला बस्नेतले गरेकी थिईन्।

उपमेयर बस्नेतले पुरुषहरुको र महिलाहरुको समान सहभागीताले डकर्मी र प्लम्बिङ तालिम लिन उत्साह जनक सहभागीता देख्दा खुसि लागेको भन्दै यस्ता तालिमबाट ब्यक्तिको सिप बिकास साथै आयआर्जन मा समेत दक्ष जनशक्ति उत्पादन हुने बताउँदै भीमेश्वर नगरपालिका ले स्थानीय स्थरबाट गर्न सक्ने सहयोग कुनै पनि कसरत बाकी नराख्ने प्रतिबद्धता जाहेर गरिन ।
कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिका ३ का वडा अध्यक्ष हरिसरण शिवाकोटी ले युवाहरूलाई देशमा रोजगार को अबसर प्रदान गर्न येस्ता कार्यक्रम ले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने मा विशेष जोड दिए ।
कार्यक्रम लाइ सम्बोधन गर्दै गरिबसग विशेश्वर कार्यक्रम दोलखा संयोजक राकेश श्रेष्ठ ले युवालाई लगनशील ,कर्मशील र धैर्यशील बनाउन कार्यक्रम ले विशेष महत्त्व राख्ने बिश्वास बेक्त गरे । तालिम डकर्मी १५ दिन र प्लम्बर १० दिन सम्म चलेको कार्यक्रम सहजकर्ता सुरेश प्याकुरेल ले जानकारी दिए।

                    

कार्यक्रममा ल्याटर डे सेन्ट च्यारिटिस नेपाल ( मिकभ) का निर्देशक ब्लेन भ्यान्डेन्बरध र केयी ले तालिम मा बनाउनए का विभिन्न फरक फरक बस्तुहरु को अबलोकन गर्दै युवाहरु लाइ धन्यवाद बेक्त गर्दै युवाहरुको कार्य देखी खुशी भएको बताए सगै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न युवाहरु अहम भुमिका रहने समेत धारणा बेक्त गर्दै थप आवश्यक कार्यक्रम लाइ अघि बढाउने बारे आफ्नो सस्था मा छलफल गर्ने प्रतिबद्धता समेत बेक्त गरे । कार्यक्रममा मा मुख्य प्रशिक्षकको रूपमा डकर्मी तर्फ अनुभवी तथा दक्ष बेक्ती मोहन मान ब्यन्जकार र प्लम्बिङ तर्फ अनुप बराल रहेका थिए ।
कार्यक्रम राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज नेपाल का अध्यक्ष राकेश हमाल को सभापतित्वमा मा सम्पन्न भएको थियो ।
कार्यक्रममा तालिम मा सहभागी प्रशिक्षार्थिहरुलाइ डकर्मी र प्लम्बिङ सम्बन्धी सहायक सामग्रीहरु र प्रमाणपत्र समेत बितरण गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close