यसरी परे प्रकाश अधिकारी र भोगेन्द्र शाह अख्तियारको फन्दामा

राजन बस्नेत :  दोलखा ४ साउन । आर्थिक मसान्तमा ठेकेदार र उपभोक्ता बाट संकलित कमिसन वापतको साढे १४ लाख रकम बोकेर दोलखाबाट काठमाडौं जाने क्रममा सिचाई विकास डिभिजन कार्यालय दोलखाका प्रमुख प्रकाश अधिकारी र ईन्जिनियर भोगेन्द्र शाह  शुक्रबार साँझ सिन्धुपाल्चोकको सुकुटेबाट प्रकाउ परेका छन्  ।
१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ परे सगै थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कोइरालाले बताए ।
प्रबक्ता कोइराला का अनुसार घुस रकमसहित शनिबार साँझ दोलखाबाट राजधानी जाने क्रममा उजुरीका आधारमा सिन्धुपाल्चोकको सुकुटेबाट पक्राउ गरिएको उनको भनाइ छ ।
सो रकम ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close