विश्वकपमा आज बंगलादेशले इंग्ल्याण्डसँग मैदानी संघर्ष गर्ने

एजेन्सी । आईसीसी विश्वकपमा आज आयोजक इंग्ल्याण्डले बंगलादेशको ाससामना गर्दैछ । आफ्नो पछिल्लो खेलमा पाकिस्तानविरुद्धको अप्रत्याशित हारपछि पुनरागमनको योजनामा रहेको इंग्ल्याण्डले आजको खेलमा बंगदादेशलाई घरेलु मैदानमा खेल देखाउने दाउमा रहेको छ । इंग्ल्याण्डको पछिल्लो लय र घरेलु मैदानको परिचितताका कारण शनिबार बंगलादेशभन्दा इंग्ल्याण्ड हावी हुन सक्ने आँकनका बिच आज यो खेल कार्डिफ वेल्स रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको उपाधि दाबेदार घरेलु टोलीलाई पुनरागमन अत्यावश्यक छ । किनभने उनीहरुले ट्रेन्ट ब्रिजमा पाकिस्तानसँग १४ रनको पराजय व्यहोरेका थिए । यसअघिका दुवै खेलमा ३ सय भन्दा बढी रन प्रहार गरेको इंग्लिस ब्याटिङ पंक्तिमा टिप्पणी गर्ने ठाउँ छैन ।
बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध ओभलमा सानदार बलिङ प्रदर्शन गरेर शानदार जित निकालेपछि आजको खेलमा कसले बाजी मार्ला त्यो भने समयले नै देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close