अब डेढ वर्ष पछि मात्र आउने भयो मेलम्चीको पानी

काठमाडौँ : आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो । समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम सुरु गर्ने तयारी छ ।’ काम सुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ । यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार तीर्थराज बस्नेतले लेखेका हुन्।

त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।आपूर्तिका आठ प्याकेजमा स्थानीय ठेकेदारविभिन्न १० प्याकेजमा विभाजन गरेर बाँकी काम सक्ने योजनाअनुरूप बाँकी आठ प्याकेजको काम स्थानीय ठेकेदारलाई दिने तयारी गरिएको छ ।

ती आठ प्याकेज दुई ठूला प्याकेजमा आवश्यक सामग्री आपूर्तिसँग सम्बन्धित रहेको कँडेलले जानकारी दिए । सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close