यसकारण आज सरकारले दियो सार्वजनिक बिदा

काठमाण्डौ – इस्लाम धर्मावलम्बीको पर्व इदुल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि २३ गते यो पर्व पर्ने भन्दै बिहिबारका लागी सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारले आफ्नो निर्णय सच्याउँदै आजका लागी सार्वजनिक बिदाको घोषणा गरेको हो । एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close